• ट्रेण्डिङ्ग :
संसदलाई बलियो बनाउन स्व. ढुंगानाको भुमिका अविस्मरणीय : सभामुख घिमिरे

संसदलाई बलियो बनाउन स्व. ढुंगानाको भुमिका अविस्मरणीय : सभामुख घिमिरे


  • 2.9K
    SHARES
    • मंसिर ३, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 4.5K Views

    संसदलाई बलियो बनाउन स्व. ढुंगानाको भुमिका अविस्मरणीय : सभामुख घिमिरे

    काठमाडौँ, ३ मंसिर । सभामुख देवराज घिमिरेले स्व. दमननाथ ढुंगानाले संसदलाई बलियो बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनु भएको छ ।

    images

    सोमवार स्व. ढुंगानाको अन्तिम श्रद्धाञ्जलीका लागि सानो गौचरण पुगेका सभामुख घिमिरेले स्व.ढुंगानाले संसदलाई कसरी बलियो बनाउने भन्नेबारेमा महत्वपूर्ण योगदान दिएको बताउनु भएको हो । उहाँले संसदलाई कसरी बलियो बनाउने भन्ने प्रेरणाको श्रोतको रुपमा स्व. ढुंगानालाई आफूले लिएको बताउनुभयो ।

    उहाँले प्रजातन्त्र आइसकेपछि संसदीय मूल्य, मान्यतालाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न अगुवाइ गर्ने व्यक्तिका रुपमा आफूले चिनेको बताउनु भएको छ । 

    स्व. ढुंगानालाई संसद सञ्चालन र संसदको भूमिकाको बारेमा सिक्नुपर्ने एउटा अगुवाको रुपमा आफूले सम्झिने बताउनुभयो ।


    तेस्रो आँखा