• ट्रेण्डिङ्ग :
शारीरिक सुगठनमा विजयी खेलाडीहरु प्रधानमन्त्रीबाट सम्मानित

शारीरिक सुगठनमा विजयी खेलाडीहरु प्रधानमन्त्रीबाट सम्मानित


  • 3.2K
    SHARES
    • मंसिर ४, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 4.9K Views

    शारीरिक सुगठनमा विजयी खेलाडीहरु प्रधानमन्त्रीबाट सम्मानित

    काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मालदिभ्समा सम्पन्न १५ औँ शारीरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई सम्मान गर्नुभएको छ ।

    images

    विभिन्न तौल समूहमा पदक जितेर देशको गरिमा बढाएका रुपेश शाही, प्रज्ज्वल शाक्य, रजनी शाक्य र सोनाम मुलगुठीलाई प्रधानमन्त्री निवासमा उहाँले सम्मान गर्नुभएको हो ।

    प्रधानमन्त्री ओलीले शारीरिक सुगठनलाई खेलकुदका रुपमा विकास गर्न पर्याप्त सम्भावना रहेकाले राज्यका तर्फबाट यो खेलको विस्तारका निम्ति सरकारले प्रोत्साहन गर्ने बताउनु भएको हो ।

    नेपाल शाररीक सुगठन महासङ्घका अध्यक्ष राजेशबाबु श्रेष्ठले यो खेलका माध्यमबाट पर्यटन प्रवर्द्धनमा सहयोग हुने भएकाले यो खेलको विकासका निम्ति सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

    त्यस अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यलगायत सहभागी थिए ।


    तेस्रो आँखा