• ट्रेण्डिङ्ग :
हिरा डाँगी स्मृति कप फुटबल : टरिगाउँ सेमिफाइनलमा

हिरा डाँगी स्मृति कप फुटबल : टरिगाउँ सेमिफाइनलमा


  • 3.7K
    SHARES
    • मंसिर ४, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 5.6K Views

    हिरा डाँगी स्मृति कप फुटबल : टरिगाउँ सेमिफाइनलमा

    तुलसीपुर, ४ मङ्सिर । टरिगाउँ युवा क्लब दाङको तुलसीपुरमा जारी चौथो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हिरा डाँगी फाउन्डेसन तुलसीपुर ५ को आयोजनामा संचालित प्रतियोगिताको मंगलवार सम्पन्न खेलमा साहारा फुटबल क्लब लखनउलाई सर्ट एण्ड डेथमा ३ का विरुद्ध ५ गोलले पराजित गर्दै टरिगाउँले सेमिफाइनल यात्रा तय गरेको हो ।

    images

    दर्शकले खचाखच भरिएको अरनिको मैदानमा भएको कडा प्रतिस्पर्धा, रोमाञ्चक अनि शानदार खेलमा दुबै टिम निकै आक्रमक रुपमा प्रस्तुत भईरदा सहाराका जर्सी नम्बर ५ खेलाडी कमल डिसीले फस्ट हाफ्को ११ औ मिनेटमा स्कोर गर्दै टिमलाई १(० को अग्रता दिलाउन सफल भए ।

    IMG_1154.jpeg

    दोस्रो हाफ्मा आक्रामक प्रदर्शनमा उत्रिएको टरिगाउँका जर्सी नम्बर ८ का खेलाडी अजित लामाले दोस्रो हाफ्को २८ औ मिनेटमा जवाफी गोल गर्दै टिमलाई १(१ को बराबरीमा पुर्‍याउन सफल भए । निर्धारित ९० मिनेटको समयसम्म थुप्रै गोल गर्ने सुनौला अवसर गुमाएका दुबै टिमले निर्धारित समयसम्म बरबरी खेलेपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको थियो । खेलको म्यान अफ द म्याच टरिगाउँ युवा क्लबका किप्पर विशाल केसी भए । उनले म्यान अफ म्याचको नगद पुरस्कार एक हजार पाँच सय, ट्रफी हात पारे ।

    यसैबिच प्रतियोगिताको भोलि हुने अन्तिम क्वाटर फाईनल खेलमा बिर्गेड ब्वाईज ललितपुर काठमाडौं र कपिलबस्तु ११ भिड्नेछन् । खेल दिउँसो २ बजेदेखि सुरु हुने प्रतियोगिता मुल आयोजक समितिका संयोजक प्रीती बहादुर गिरी प्रेसले जानकारी दिए ।

    मङ्सिर ८ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद २ लाख २ हजार २ सय नगद पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद १ लाख १ हजार १ सय कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । 

    त्यसैगरी प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तिगत बिधातर्फका खेलाडीलाई जनही ५ हजारका दरले नगद पुरस्कार तथा ट्रफी प्रदान गरिनेछ भने प्रत्येक म्याचको म्यान अफ द म्याच हुने खेलाडीलाई नगद १५ सय तथा ट्रफी प्रदान गरिनेछ।


    लक्ष्मण बस्नेत
    लेखकबाट थप