रुकुमपूर्व ५ मंसिर । रुकुमपूर्वको पुथाउत्तरगङ्गा वडा नं. २ को वडाध्यक्षमा नेकपा माओबादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्बिरोध निर्वाचित हुनु भएको छ । निर्वाचन आयोगले आउँदो मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरुलाई बुधबार उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो ।
नेपाली काँग्रेस र एमालेको तर्फबाट उम्मेदवारी दिनु भएका एमाले उम्मेदवारले जीवन रोकासहित एकजना स्वतन्त्र उम्मेदवारले आज उम्मेदवारी फिर्ता लिएपछि घर्ती वडाध्यक्षमा निर्विरोध निर्वाचित भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर घर्तीले तेस्रो आँखालाई जानकारी दिनुभयो ।
