दाङ ५ मंसिर । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले चालकसहित २२ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । ट्राफिकले विगत केही महिनादेखि घोराही बजार क्षेत्रमा ठुलो आवाज आउँने तथा स्वरुप परिवर्तन गरि मोटरसाइकल चलाउने २२ वटा मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको मोटरसाइकलको साईलेन्सर परिवर्तन गर्न लगाउनुका साथै चालकहरुलाई सम्झाई बुझाई गरेर आवश्यक कार्वाही गरेर छोडिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।
