तुलसीपुर ५ मंसिर । बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ तुलसीपुर उपहानगरपालिकाको आयोजनामा अन्तराष्ट्रिय बाल दिवसका मनाइएको छ । दिवसका अवसरमा चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो ।
तुलसीपुर उपमहानगरस्तरी कार्यबाहक अध्यक्ष प्रशंसा केसीको अध्यक्षता एवम् नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
प्रतियोगितामा मावि सेन्टर कक्षा ९ का छात्र निरज लामिछाने प्रथम,हाम्रो पहुँच सेकेन्डरी बोर्डिङ कक्षा १० का छात्रा मान्सी भण्डारी द्वितीय, शिखा बोर्डिङ स्कुल कक्षा ९ का छात्र वीरेन्द्र बबाल मगर तृतीय र डिभायन टेम्पल बोर्डिङ स्कुल कक्षा १० का छात्रा साक्षी शाहले शान्त्वना स्थान हासिल गर्नुभएको थियो । विजयी छात्र छात्राहरुलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा सामाजिक विकास समिति संयोजक मानबहादुर रावत,वडा न १६ का वडाध्यक्ष शिवानन्द डाँगीले मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रतियोगितामा २१ वटा विद्यालयका छात्र छात्राहरुको सहभागिता रहेको थियो । निर्णायक मण्डलहरुमा माया श्रेष्ठ, मनबहादुर खड्का र सन्तोष परियार रहनुभएको थियो
कार्यक्रमको सञ्चालन करुणा बस्नेतले गर्नुभएको थियो ।
