काठमाडौं ६ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह र खड्ग प्रदान गर्नु भएको छ ।
बिहीबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले द्विवेदीलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको हो । उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षा मन्त्री मानवीर राईलगायत सहभागी हुनु भएको थियो ।
नेपाल–भारतबीचको सैनिक सम्बन्धको निरन्तरता स्वरूप दुवै देशले दुवै देशका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा छ । भारतीय स्थल सेनाका सेनाध्यक्ष द्विवेदी चार दिने भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका थिए ।
