• ट्रेण्डिङ्ग :
राईजिङ स्टारलाई हराउँदै टरिगाउँ फाइनलमा

राईजिङ स्टारलाई हराउँदै टरिगाउँ फाइनलमा


  • 2.1K
    SHARES
    • मंसिर ६, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 3.3K Views

    राईजिङ स्टारलाई हराउँदै टरिगाउँ फाइनलमा

    तुलसीपुर, ६ मङ्सिर । टरिगाउँ युथ क्लब दाङको तुलसीपुरमा जारी चौथो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल  प्रतियोगिता २०८१ को फाइनलमा प्रवेश गरेको छ ।

    images

    हिरा डाँगी फाउन्डेसन तुलसिपुर ५ को आयोजनामा संचालित प्रतियोगिताको बिहिबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा साविक बिजेता राईजिङ स्टार फुटबल क्लब घोराहीलाई पेनाल्टी ट्राईवेकरमा ५-३ ले पाखा लगाउँदै टरिगाउँ युवा क्लब तुलसीपुरले फाईनल यात्रा तय गरेको हो । 

    IMG_1160.jpeg

    उल्लेख्य दर्शकले खचाखच भरिएको अरनिको खेल मैदानमा भएको कडा प्रतिस्पर्धा अनि रोमाञ्चक खेलको निर्धारित समयसम्म एक-एक गोलको बराबरी भएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको हो । खेलको सुरुवाती चरणमा उत्कृष्ट लयमा देखिएको राईजिङ स्टारका जर्सी नम्बर ८ का आशिष जिसीले पहिलो हाफ्को २० औ मिनेटमा स्कोर गर्दै टिमलाई एक सुन्यको अग्रता दिलाए । 

    दुबै टिमले गोल गर्न सक्ने थुप्रै अवसर गुमाईरहदा खेलको ७४ मिनेटमा पाएको पेनाल्टिको सदुपयोग गर्दै टरिगाउँका जर्सी नम्बर ४ का सन्दिप केसीले टिमलाई १-१ को बराबरिमा पुर्‍याउन सफल भए । खेलमा टरिगाउँका विशाल केसि म्यान अफ द म्याच भए ।

    त्यस्तै भोलि शुक्रबार दिउँसो हुने दोस्रो सेमिफाइनलमा युएनबिसी घोराही र बिर्गेड ब्वाईज फुटबल क्लब ललितपुर काठमाडौ आमनेसामने हुनेछन् । खेल दिउँसो १ बजेबाट सुरु हुने प्रतियोगिता मुल आयोजक समितिका संयोजक प्रीती बहादुर गिरी प्रेसले जानकारी दिए ।

    मङ्सिर ८ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद २ लाख २ हजार २ सय नगद पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद १ लाख १ हजार १ सय कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । 

    त्यसैगरी प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधातर्फका खेलाडीलाई जनही ५ हजारका दरले नगद पुरस्कार तथा ट्रफी प्रदान गरिनेछ भने प्रत्येक म्याचको म्यान अफ द म्याच हुने खेलाडीलाई नगद १५ सय तथा ट्रफी प्रदान गरिनेछ ।


    लक्ष्मण बस्नेत
    लेखकबाट थप