काठमाडौं, १९ फागुन। चिशंखुगढी गाउँपालिका अध्यक्ष निशान्त शर्माले गाउँपालिकाभित्र विकासका आधारहरु तयार भएको बताएका छन्। वडा नम्बर ७ ठुलढुंगास्थित च्योम्देन क्षोलिङ गोन्पाको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले चिशंखुगढी गाउपालिकाभित्रको आधारभूत विकासका पूर्वाधार निर्माणमा सफता प्राप्त गरेको बताएका हुन्।
उनले भने,‘गाउपालिका भित्रको पहिलो आवश्यक्ता आधारभूत विकासका पूर्वाधार थिए, तीनलाई पुरा गर्न गाउपालिका सफल भएको छ।’ सडक सञ्जाल सबै बस्तीमा पुर्याउने, खानेपानी र विद्युतको विकासमा जोड दिने लक्ष अनुसार गाउपालिकाले काम गरेको उनले बताए। जनताका सबै आवश्यक्ता पुरा गर्न नसके पनि न्यूनतम विकासका कुराहरुमा गाउपालिकाले फड्को मारेको उनको जिकीर छ।
‘म अध्यक्ष चुनिएर आउदै गर्दा कुइभिर, भदौरे, माम्खा लगायत आठ वटै वडाका विकट भुगोलमा सकड थिएनन,’ शर्माले भने, ‘गाउपालिको भवन थिएन, बनमाराको झाडीभित्र पुरानो भवनबाट चलेको थियो ।’ अहिले सबै बस्तीहरुमा सडक सञ्जाल जोडिएको छ, गाउपालिका भवन केही व्यवस्थित बनेको छ भने नागरिकको सेवा प्रवाहमा सुधार आएको छ ।’ तर राजनीतिक रुपमा पक्ष र विपक्ष भएर केही पनि कामै भएन भनेर विभिन्न आरोपहरु आउने गरेको उनले बताए।
राजनीतिका नाममा समाजलाइ विभक्त गराउन नहुँने भन्दै सानातिना कुरामा दलका नेताहरु नअल्झन आग्रह गरे। राजनीतिले समाजलाई जोड्नु पर्नेमा पक्ष विपक्ष बनाएर विभाजनतिर लौजानु समाजकालागी हितकर नहुने उनको भनाइ छ। गुम्बा निर्माणले गाउपालिकाको एउटा सम्पदा थपेको भन्दै यसका लागी पहल गर्ने व्यक्ति र सहयोग गर्ने निकायलाई धन्यवाद व्यक्त गरे। स्थानीय तहको निर्वाचन नजिकीदै गरेको सन्दर्भमा स्थानीय सरकारको नेतृत्वमाथि धेरै अपजहरु आउने गरेको भन्दै राजनीतिक दलका नेताहरुले पक्ष विपक्ष नभइ गुण र दोष छुट्याउन र नागरिकले पनि त्यही अनुसार बुझ्न अनुरोध गरे।
