• ट्रेण्डिङ्ग :
तुलसीपुरमा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान हुदै

तुलसीपुरमा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान हुदै


  • 3.1K
    SHARES
    • मंसिर ८, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 4.7K Views

    तुलसीपुरमा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान हुदै

    तुलसीपुर, ८ मंसिर । तुलसीपुर उपमहानगरपालिकाकाे महिला, बालबालिका तथा सामाजिक शाखाकाे सहकार्यमा लैंगिक हिसां विरुद्ध १६ दिने अभियान संचालन गर्न भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरि महिला, बालबालिका तथा समाजिक शाखा प्रमुख माया श्रेष्ठले १६ दिने अभियान संचालन गर्नेबारे जानकारी गराउनु भएको हाे । 

    images

    आयोजनामा मंसिर १० गते १६ दिने अभियानकाे सुरुवात सेताे रिवन लगाएर कार्यक्रमकाे उद्घाटन नगरपालिकाकाे प्रांगणमा हुने महिला, बालबालिका तथा सामाजिक शाखा प्रमुख श्रेष्ठले बताउनुभयो ।

    उहाँका अनुसार महिला, बालबालिका तथा सामाजिक शाखा, मेट्राे कलेज र ओरेककाे संयुक्त पहलमा हिँसा पिडितहरुलाई निशुल्क कानुनी सहायता प्रदान गर्छ । साथै विभिन्न हिंसाहरु न्युनिकरण गरि हिंसा पिडितहरुलाई न्याय प्रदानमा उचित पहुँच पुर्‍याउने बताउनुभयो ।

    IMG_20241123_091753.jpg

    लैंगिक हिंसा विरुद्ध क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुसँग र सहकारी संस्थाहरुसँग समन्वय गरि हिंसा निवारण र क्षमता विकास कार्यक्रमहरु गर्ने प्रमुख श्रेष्ठले बताउनुभयो । उक्त अभियान सफल बनाउन रेडियो, पत्रपत्रिका र अन्लाईनहरु मार्फत सकारात्मक सन्देशहरु प्रसारण गरिने भएको छ । मर्यादित महिनावारी दिवस, अपांग अधिकार दिवस र मानव अधिकार दिवस पनि मनाइने बताउनुभयो ।

    यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४मा ओरेककाे सहकार्यमा एकिकृत महिला स्वास्थ्य मेला आयोजना गरिएको छ । साथै राप्ती आँखा अस्पतालकाे सहकार्यमा लैंगिक हिंसा विरुद्ध सचेतनामुलक कार्यक्रम गरिने प्रमुख श्रेष्ठले बताउनुभयो ।


    तुलसीपुर उपमहानगरपालिकाले  १६ दिने अभियान संचालन गर्दा समाजमा हुने विभिन्न हिंसाहरु जातिय विभेद, अपांगता, लिंग र पिछडिएका क्षेत्रमा हुने हिंसालाई न्युनिकरण गर्न र  आम समुदायलाई सकारात्मक सचेत गराउन र पिडितहरुलाई आवश्यक सहयोग गर्ने याे कार्यक्रमले महत्त्वपूर्ण भमिका खेल्ने प्रमुख श्रेष्ठले बताउनुभयो ।


    तेस्रो आँखा