काठमाडौं ९ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कोषध्यक्षमा उमेश श्रेष्ठ मनोनीत हुनु भएको छ । आइतबार पार्टी सभापित शेरबहादुर देउवाले श्रेष्ठलाई केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष मनोनीत गर्नु भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
उहाँ पूर्व स्वास्थ्य राज्यमन्त्री हुनुहुन्छ । कांग्रेसको विधानमा कोषाध्यक्ष सभापतिले मनोनयन गर्नसक्ने व्यवस्था छ । सोही विधान अनुरूप आइतबार सभापति देउवाले श्रेष्ठलाई कोषाध्यक्ष मनोनयन गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो ।
