दाङ १० मंसिर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं। १ का पूर्व अध्यक्ष लक्ष्मण भण्डारीको मृत्यु भएको छ । पूर्व अध्यक्ष भण्डारीको सोमबार विहान साढे ५ बजेतिर मृत्यु भएको हो ।
तुलसीपुर १ भमके निवासी ५५ वर्षीय पूर्व अध्यक्ष भण्डारी लामो समयदेखि पेट र कलेजोको उपचार गराईरहनु भएको थियो । उहाँ २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट वडाध्यक्ष निर्वाचिन हुनु भएको थियो । उहाँको भमके खोला घाटमा दाहसंस्कार गरिने भएको छ ।
