• ट्रेण्डिङ्ग :
उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराउन निर्देशन

उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराउन निर्देशन


  • 2.4K
    SHARES
    • मंसिर १०, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 3.7K Views

    उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराउन निर्देशन

    काठमाडौं १० मंसिर । निर्वाचन आयोगले यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराउन निर्देशन दिएको छ ।

    images

    आयोगले एक विज्ञेप्ती जारी गर्दै  मसिर १६ गते हुन गई रहेको स्थानीय तहको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्नका लागि मतदान स्थल उपलब्ध गराउन निर्देशन दिएको हो । आयोगले मतदान स्थल कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठान, सार्वजनिक स्थल निर्वाचन प्रयोजनका लागि उपयोग गर्ने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत उपनिर्वाचन हुने सबै स्थानीय तहलाई निर्देशन दिएको हो ।

    उपनिर्वाचन हुने स्थानीय तहमा सम्बन्धित स्थानीय तहभर र वडा अध्यक्षको उपनिर्वाचन हुने स्थानीय तहमा वडाको क्षेत्रभित्रका कार्यालयमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन समेत बैठकले आग्रह गरेको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले हस्ताक्षर गरिएको विज्ञेप्तीमा भनिएको छ । 

     


    तेस्रो आँखा