काठमाडौं १० मंसिर । पाकिस्तानमा जारी नेत्रहीन टी-२० क्रिकेट विश्वकपमा नेपालले पहिलो जित निकालेको छ । सोमबार भएको खेललमा नेपालले अफगानिस्तानलाई १०८ रनले हरायो । पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा २ विकेट गुमाएर २२८ रन बनाएको थियो ।
नेपालका लागि पदम बढाइलाले सर्वाधिक ९२ रन जोडे । नरेश चौधरीले ७२ रनको योगदान गरे । २२९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १२० रन जोड्न सक्यो । उसका लागि अबासिनले ५३ रन बनाए । बलिङमा नेपालका सुनिल मगरले ३ विकेट लिए ।
। पाकिस्तानमा जारी नेत्रहीन क्रिकेट विश्वकपमा नेपालले पहिलो जित हासिल गरेको छ । सोमबार भएको आफ्नो तेस्रो खेलमा नेपालले अफगानिस्तानलाई १०८ रनले हराएको हो । यसअघिका दुई खेलमा भने नेपाल श्रीलंका र बंगलादेशसँग पराजित भएको थियो ।
