• ट्रेण्डिङ्ग :
नेपालका संस्कृतिहरूमध्ये नेवार संस्कृति विकसित संस्कृति हो : प्रधानमन्त्री ओली

नेपालका संस्कृतिहरूमध्ये नेवार संस्कृति विकसित संस्कृति हो : प्रधानमन्त्री ओली


  • 2.2K
    SHARES
    • मंसिर १२, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 3.3K Views

    नेपालका संस्कृतिहरूमध्ये नेवार संस्कृति विकसित संस्कृति हो : प्रधानमन्त्री ओली

    काठमाडौँ, १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका संस्कृतिहरूमध्ये नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएको बताउनु भएको छ ।

    images

    बुधवार २१ औँ राष्ट्रिय ज्यापु दिवसका लागि निमन्त्रण दिन पुगेका नेवारी समुदायहरूसँगको कुराकानीका क्रममा उनले नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएकोले नेवारी संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिविम्वित गर्ने बताउनु भएको हो । 

    उहाँले नेपालमा स समुदायपिच्छे नै पृथक् प्रकारको संस्कृति रहेको उल्लेख गर्नुभएको हो । उहाँले नेपालको जस्तो संस्कृति संसारका अन्य कुनैपनि देशमा नरहेको उल्लेख गर्नुभयो । उहाँले नेवार संस्कृति, नेवार परिकार र नेवार पहिरनहरूका आफ्नै इतिहास र विशेषता रहेको बताउँदै यसलाई निरन्तरता दिन जरुरी रहेको बताउनुभयो ।

    उहाँले नेवार संस्कृति परिमार्जित र परिष्कृत संस्कृति रहेको बताउनुभयो । नेपालका हरेक संस्कृति र परम्पराको संरक्षणको लागि सबै एकजुट भएर लाग्न उनले आग्रह समेत गर्नुभयो । ज्यापु दिवस (योमरी पुन्ही) मंसिर ३० गते मनाइँदै छ ।


    तेस्रो आँखा