• ट्रेण्डिङ्ग :
बुटवल उपमहानगरपालिकामा डेङ्गी खोज र नष्ट गर अभियान सुरु

बुटवल उपमहानगरपालिकामा डेङ्गी खोज र नष्ट गर अभियान सुरु


  • 2.1K
    SHARES
    • मंसिर १२, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 3.2K Views

    बुटवल उपमहानगरपालिकामा डेङ्गी खोज र नष्ट गर अभियान सुरु

    काठमाडौँ, १२ मंसिर । बुटवल उपमहानगरपालिकामा डेङ्गी खोज र नष्ट गर अभियान सुरु भएको छ ।

    images

    स्वास्थ्य कार्यालय रुपन्देही, बुटवल उपमहानगरपालिका, टोल विकास संस्थाहरूसँगको सहकार्यमा बुटवल उपमहानगरपालिका वडा नं ५ का सम्भावित जोखिमयुक्त क्षेत्रमा डेङ्गीको लार्भा खोज र नष्ट गर अभियान सुरु गरिएको हो ।

    बुटवलको मुख्य हाटबजार र तिनाउ नदी किनारको बस्ती रहेको ५ नम्बर वडा डेङ्गी संक्रमणको सम्भावित जोखिमयुक्त क्षेत्र भएकोले डेङ्गीको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाकी जनस्वास्थ्य निरीक्षक कल्पना पाण्डे भुसालले बताउनु भएको छ । यो अभियान दुई दिनसम्म चल्ने उहाँले जानकारी दिनुभयो । समुदायमा चेतना जगाउने हेतुले अभियान सुरुवात गरेको बताउनुभयो ।

    स्वास्थ्य कार्यालय रूपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जिल्लाका सिद्वार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिकालगायतका पालिकामा अभियान सञ्चालन भइसकेको जानकारी गराउँदै बुटवल पनि सम्भावित जोखिमयुक्त क्षेत्र भएकोले यो अभियान सञ्चालन गरिएको बताउनुभयो ।

    अभियानका क्रममा डेङ्गी फैलनसक्ने सम्भावित स्थान, नष्ट गर्ने तरिकाबारे जानकारी मुलक पर्चा पम्प्लेट वितरण गर्नुका साथै डेङ्गी संक्रमण गराउने लार्भा नष्ट गरिएको उहाँले जानकारी दिनुभयो ।


    तेस्रो आँखा