• ट्रेण्डिङ्ग :
बाजागाजासहित प्रधानमन्त्रीलाई ज्यापू दिवसको निमन्त्रणा

बाजागाजासहित प्रधानमन्त्रीलाई ज्यापू दिवसको निमन्त्रणा


  • 2.1K
    SHARES
    • मंसिर १२, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 3.2K Views

    बाजागाजासहित प्रधानमन्त्रीलाई ज्यापू दिवसको निमन्त्रणा

    काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष २१ औँ राष्ट्रिय ज्यापू दिवसका लागि परम्परागत निमन्त्रणा (ग्वय् दाँ तयेगु ज्वाइव) दिइएको छ ।

    images

    प्रधानमन्त्री निवास, बालुवाटारमा आज सङ्घीय सांसद कृष्णगोपाल श्रेष्ठ, ज्यापू संस्कृति विकास कोषका अध्यक्ष मङ्गलकृष्ण महर्जनसहित करिब सय जनाको समूहले नेवारी बाजागाजा प्रस्तुत गर्दै सगुन दिएर दिवसको प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरेको हो ।

    यस वर्षको ज्यापू दिवस तथा योमरी पुन्ही यही मङ्सिर ३० गते मनाइनेछ । उक्त दिन काठमाडौँमा र्‍यालीसहित वसन्तपुरमा मुख्य कार्यक्रम हुनेछ ।


    तेस्रो आँखा