• ट्रेण्डिङ्ग :
फोटो पत्रकार समूहले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन पत्र

फोटो पत्रकार समूहले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन पत्र


  • 2.2K
    SHARES
    • मंसिर १२, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 3.4K Views

    फोटो पत्रकार समूहले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन पत्र

    काठमाडौँ, १२ मंसिर । फोटो पत्रकार समूह नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।

    images

    बुधवार प्रधानमन्त्रीको निवास बालुवाटारमा नवनिर्वाचित फोटो पत्रकार समूह नेपालका पदाधिकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुभएको हो ।

    उहाँहरूले फोटो पत्रकारहरूका लागि सरकारले छुट्टै व्यवस्था गर्नुपर्ने माग राख्नुभएको छ ।  फोटो पत्रकारितालाई थप व्यवस्थित बनाउँदै लैजान सरकारले सहयोग गर्नुपर्ने माग उहाँहरूको छ ।

    ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले फोटो पत्रकारको भूमिका महत्त्वपूर्ण रहेको र सरकारले पनि सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । 


    तेस्रो आँखा