तुलसीपुर १२ मंसिर । श्री पशुपति महिला बचत तथा ऋण सहकारी संस्था लि. को १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार तुलसीपुर स्थित समिक्षालयमा सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष यमुना शाह कडेलको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष विरेन्द्र कुमार शाहको प्रमुख आतिथ्यता एवं जिल्ला सहकारी संघका अध्यक्ष हेमराज गौतमको विशिष्ट आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीहरु धरासयी बन्दै गएको भन्ने भनाईलाई चूनौति दिँदै महिलाहरुले सञ्चालन गरेको सहकारी संस्थाहरुले राम्रो काम गर्दै आएको भन्दै प्रसंसा गरेका थिए । उनीहरुले जुन सहकारीको नेतृत्व महिलाहरुले गर्नु भएको छ, ती सहकारीहरुले एकदमै स्वच्छ र पारदर्सी तरिकारले संस्था चलाएको बताएका थिए । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष एंव सल्लाहाकार प्रभा खड्का, महिला अधिकारकर्मी शुष्मा लामिछाने गिरी, तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का पूर्व वडा सदस्य सावित्रा गुरुङ, महिला अधिकारकर्मी कमला जिसी, लिला पुन्, देवा बस्नेत, रुपकली कंडेल लगायतले बोल्नु भएको थियो ।
साधारण सभामा जेष्ठ नागरिक तर्फ हिरामती राना, चन्द्रकली भण्डारी, शोभा भण्डारीलाई सम्मान गरिएको थियो । त्यसैगरी सेयर सदस्य बृद्धि तर्फ लुमा बुढा मगर, रेणू रावत, तारा कुमारी बिक, मनिषा बस्नेत श्रेष्ठ, संगिता डाँगी र बाल बचत तर्फ मनसुन न्यौपाने, दिपशिखा भट्टराई, सिता बिक र सोनु बुढाथोकीलाई सम्मान गरिएको थियो । त्यस्तै संस्थाको स्थापना कालदेखि अहिलेसम्म निरन्तर योगदान दिनुहुने संस्थापक अध्यक्ष प्रभा खड्का, देवा बस्नेत, रुपकली कडेल, कमला जिसी, कृष्णा रेग्मी, लिला पुन र राधा अधिकारीलाई पनि सम्मान गरिएको थियो ।
संस्थाका उपाध्यक्ष लक्ष्मी वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ को आर्थिक प्रतिवेदन संस्थाका कोषध्यक्ष रेस्मी वली र सांगठानिक प्रतिवेदन सचिव शुसिला भट्राईले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण सचिव शुसिला भट्राईले गर्नु भएको थियो । उक्त सहकारी संस्थामा ७०० बढी सेयर सदस्य छन् ।
