• ट्रेण्डिङ्ग :
महिलालाई राज्यका प्रणालीहरूमा मुख्य जिम्मेवारी दिनुपर्छ : ओनसरी घर्ती

महिलालाई राज्यका प्रणालीहरूमा मुख्य जिम्मेवारी दिनुपर्छ : ओनसरी घर्ती


  • 3.1K
    SHARES
    • मंसिर १२, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 4.8K Views

    महिलालाई राज्यका प्रणालीहरूमा मुख्य जिम्मेवारी दिनुपर्छ : ओनसरी घर्ती

    काठमाडौँ, १२ मंसिर । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्तीले महिलाहरूलाई राज्यका हरेक निकायहरूको मुख्य जिम्मेवारी दिने वातावरण बनाउनुपर्ने बताउनु भएको छ । 

    images

    मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले महिलाहरूले अझै पनि राज्यका निकायहरूमा मुख्य जिम्मेवारी नभई कसैको सहयोगीको रूपमा जिम्मेवारी वहन गर्नुपर्ने स्थिति रहेको बताउनु भएको हो ।

    मुख्य जिम्मेवारी दिइएको ठाउँमा पनि महिलाको क्षमतामाथि शंका उपशंका गर्ने गरेको उहाँको भनाइ छ ।

    उहाँले आफू सभामुख रहँदा तत्कालीन मन्त्री र राजनीतिक दलहरूले नै आफ्नो क्षमतामाथि आंशका गर्दा डर पैदा गराएको भएपनि आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गरेको बताउनुभयो ।

    महिलाहरूमाथि मानसिक समस्याहरू सिर्जना गर्ने वातावरणको अन्त्य गरी महिलाहरूका लागि राज्यका हरेक निकायहरूमा ढोका खोल्न आफू केही हदसम्म सफल रहेको उहाँको दाबी छ ।

    कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य विन्दा पाण्डेले महिलाहरूको क्षमतामाथि प्रश्न उठाउनुभन्दा उहाँहरूको क्षमता विकासमा जोड दिन आवश्यक रहेको बताउनुभयो ।

    उहाँले पटक पटकको आन्दोलनको उपलब्धि स्वरूप आज महिला अधिकार स्थापित भएको बताउँदै यसको स्वामित्व पनि सबैले पाउनुपर्ने बताउनुभयो ।

    उहाँले आफूले अहिलेसम्म पाएको जिम्मेवारी कसैको भन्दा कमजोर नगरेको उल्लेख गर्दै सबै महिलाहरूले राज्यका हरेक निकायमा सहभागिता लागि अभ्यास गर्नुपर्ने बताउनुभयो ।


    तेस्रो आँखा