• ट्रेण्डिङ्ग :
आज ५ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

आज ५ बजे मन्त्रिपरिषद्को बैठक बस्दै


  • 2.9K
    SHARES
    • मंसिर १३, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 4.5K Views

    आज  ५ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

    काठमाडौं, १३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ । बैठक साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न गरी बोलाइएको हो ।

    images

    बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणका एजेन्डाबारे छलफल हुनेछ । उहाँहरु मंसिर १७ गते ४० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाँदैहुनुहुन्छ । त्यसअघि भ्रमणको तयारीका लागि आजै दिउँसो परराष्ट्रमन्त्री आरजु राणा चीन जाने तय भएको छ ।

    परराष्ट्रमन्त्री राणाले भोलि चिनियाँ विदेशमन्त्री वाङ यीसँग छेङ्दुमा भेटवार्ता गदैहुनुहुन्छ । भेटमा प्रधानमन्त्रीको भ्रमण दुई देशको आपसी हितका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले बताएको छ ।


    तेस्रो आँखा