• ट्रेण्डिङ्ग :
अव्यवस्थित शहरीकरण नेपालको चुनौति : उपप्रधानमन्त्री सिंह

अव्यवस्थित शहरीकरण नेपालको चुनौति : उपप्रधानमन्त्री सिंह


  • 3.4K
    SHARES
    • मंसिर १३, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 5.3K Views

    अव्यवस्थित शहरीकरण नेपालको चुनौति : उपप्रधानमन्त्री सिंह

    काठमाडौं, १३ मंसिर । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले अव्यवस्थित शहरीकरण नेपालको चुनौतिको विषय बनेको  बताउनु भएको छ ।

    images

    बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले अव्यवस्थित शहरीकरण नेपालको चुनौतिको विषय बनेको  बताउनु भएको हो।

    उहाँले प्राकृतिक घटनाहरू मात्र नभइ पछिल्लो समय अव्यवस्थित शहरीकरण, अनियन्त्रित र अनियोजित पहाडी भेग र नदी किनारको अतिक्रमण, खराब इन्जिनियर संरचनाहरू र अपर्याप्त डिजाइन मापदण्डहरू र निर्माण प्रविधिको कारणले पनि समस्या व्यहोरिरहेको बताउनुभयो हो ।

    उहाँले नेपाल बारम्बार भूमकम्पीय प्रकोपको चपेटामा परेको उल्लेख गर्दै भारी वर्षा र भारी हिमाली भूगोलले बाढी र पहिरोको जोखिम बढाएको बताउनु भएको छ ।

    उपप्रधानमन्त्री सिंहले हालैका वर्षहरुमा जलवायु परिवर्तनको प्रभावले हिमालयको हिउँ बढी पग्लिएको, हिमताल फुट्ने लगायतका विपद्हरु भोग्नुपरिरहेको बताउनुभयो ।

    कोभिड–१९ को विश्वव्यापी प्रभावसँगै बाढी र पहिरो लगायतका विपत्तिले १० वर्षमा नेपालको राष्ट्रिय अर्थतन्त्रमा ठूलो असर पारेको बताउनुभयो ।


    तेस्रो आँखा