• ट्रेण्डिङ्ग :
उपप्रधानमन्त्री सिंह र मेयर बालेनबिच भेटवार्ता

उपप्रधानमन्त्री सिंह र मेयर बालेनबिच भेटवार्ता


  • 4.2K
    SHARES
    • मंसिर १३, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 6.5K Views

    उपप्रधानमन्त्री सिंह र मेयर बालेनबिच भेटवार्ता

    काठमाडौं, १२ मंसिर । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबिच भेटवार्ता भएको छ ।

    images

    उपप्रधानमन्त्री सिंह र मेयर बालेनबिच केही दिन अघि भेटवार्ता भएको हो । उक्त भेटमा काठमाडौं– ११ का वडाध्यक्ष हिरालाल तण्डुकार पनि सहभागी थिए ।
    वडाध्यक्ष तण्डुकारको समन्वयमा उपप्रधानमन्त्री सिंह र मेयर बालेनबिच भेटवार्ता भएको बताइएको छ ।

    उहाँहरूबिच काठमाडौँको फोहोर मैला व्यवस्थापन, सहरी व्यवस्थापन,सौन्दर्यीकरण र सङ्घीय सरकार र काठमाडौं महानगरपालिकाबिच समन्वयको विषयमा छलफल भएको वडाध्यक्ष तण्डुकारले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो ‘केही दिन अघि मन्त्रालयमा मेरो पहलमा मेयर र उपप्रधानमन्त्रीबिच भेटवार्ता भयो । छलफलमा समसामयिक विषयमा छलफल भयो, फोहोर, बाढी र डुवान पीडितलाई राहत, ट्राफिक जाम लगायतका विषयमा छलफल भयो ।’


    तेस्रो आँखा