• ट्रेण्डिङ्ग :
घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको बस दुर्घटना, १८ यात्रु घाइते

घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको बस दुर्घटना, १८ यात्रु घाइते


  • 13.5K
    SHARES
    • मंसिर १४, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 20.8K Views

    घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको बस दुर्घटना, १८ यात्रु घाइते

    तुलसीपुर १४ मंसिर । घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको अम्बेकेश्वरी यातायात प्रालिको यात्रु बहाक बस डाँडाँगाउँमा दुर्घटना भएको छ । रा १ ख १३८२ नं. को यात्रु बहाक बस शुक्रबार बिहान करिब पौने १० बजेको समयमा तुलसीपुर १८ डाँडाँगाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    images

    उक्त दुर्घटनामा परि १८ जना यात्रु घाइते भएको प्रहरी चौकी हेमन्तापुर प्रहरी निरिक्षक भरत वलीले जानकारी दिनुभयो । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर भएको बताईएको छ । ३२ जना यात्रु सवार रहेको बस अनियन्त्रित भई पल्टिएको प्रहरीले बताएको छ । घाइते यात्रुहरुलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याईएको छ । थप विवरण आउँन बाँकी छ ।


    तेस्रो आँखा