• ट्रेण्डिङ्ग :
राज्यका सबै संयन्त्र लागेमात्रै भैरहवा विमानस्थल दीर्घकालीन रुपमा सञ्चालनमा आउँछ : महानिर्देशक अधिकारी

राज्यका सबै संयन्त्र लागेमात्रै भैरहवा विमानस्थल दीर्घकालीन रुपमा सञ्चालनमा आउँछ : महानिर्देशक अधिकारी


  • 3.0K
    SHARES
    • मंसिर १४, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 4.6K Views

    राज्यका सबै संयन्त्र लागेमात्रै भैरहवा विमानस्थल दीर्घकालीन रुपमा सञ्चालनमा आउँछ : महानिर्देशक अधिकारी

    काठमाडौँ, १४ मंसिर । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दीर्घकालीन रुपमा सञ्चालन गर्न राज्यका सबै संयन्त्र लाग्नुपर्ने बताउनु भएको छ ।

    images

    बिहीबार लुम्बिनीमा भएको लुम्बिनीमा ‘लगानीः अवसर र चुनौती’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै महानिर्देशक अधिकारीले यस्तो बताउनु भएको हो ।

    उहाँले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दीर्घकालीन रुपमा सञ्चालन गर्न नागरिक उड्डयन प्राधिकरण मात्रैको पहलले सम्भव नभएको बताउनु भएको छ । उहाँले त्यसको लागि राज्यका सम्पूर्ण संयन्त्रहरूको पनि साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । महानिर्देशक अधिकारीले सरकारले सबैभन्दा पहिला हवाई ट्राफिक व्यवस्थापनको लागि भैरहवा,पोखरामा उडान गर्नुपर्ने नीति बनाउन आवश्यक रहेको बताउनु भएको हो ।


    उहाँले सरकारले श्रमिक उडान भैरहवाबाट गर्ने भनेपछि सबै म्यानपावरहरू भैरहवा जाने वातावरण बन्ने बताउनुभयो । उहाँले हवाई ट्राफिकलाई भैरहवा उडान अनिवार्य नगरेसम्म भैरहवा विमानस्थलको दीर्घकालीन उडानको कल्पना गर्न नसकिने बताउनुभयो । उहाँले हवाई उडान व्यवस्थापनमा सबै मिलेर नियमन गर्न आवश्यक रहेको भन्दै यो विषयमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

    उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीन सरकारले बनाएकाले सरकारले विमानस्थल सञ्चालनको लागि चीनले काठमाडौंमा गर्दै आएको उडानको २५ प्रतिशत उडान पोखरा गर्न आग्रह गर्नुपर्ने बताए । उहाँले नेपाल र हिमालय एयरलाइन्सलाई पनि हरेक विमानस्थलमा एक–एक उडान गर्नुपर्ने मापदण्ड सरकारले बनाउनु जरुरी रहेको बताउनुभएको छ । उहाँले सरकारले हवाई उडानलाई नियमन गर्दा तीन वटै विमानस्थल चल्न सक्ने बताउनुभयो । उहाँले अहिले डण्डा लगाएर भैरहवा विमानस्थलमा उडान पठाएको दाबी गर्नुभयो ।

    उहाँले राज्यले शक्ति देखाउँदा कम्तीमा अहिले ६ वटा एयरलाइन्सहरू भैरहवा विमानस्थलबाट उडान गरेको बताउनुभयो । उहाँले नेपालमा विमानस्थल बढ्दो क्रममा रहे पनि विमानको संख्या घट्दो अवस्थामा रहेकाले पनि समस्या देखिएको बताउनु भएको छ । उहाँले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससँग १० देखि १२ वटा जहाज भएको भए सहुलियत समेत दिनुपर्ने अवस्था नभएको बताउनुभयो ।


    तेस्रो आँखा