• ट्रेण्डिङ्ग :
परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको चीन भ्रमणको औपचारिक घोषणा गर्‍यो

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको चीन भ्रमणको औपचारिक घोषणा गर्‍यो


  • 2.6K
    SHARES
    • मंसिर १४, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 3.9K Views

    परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको चीन भ्रमणको औपचारिक घोषणा गर्‍यो

    काठमाडौँ, १४ मंसिर  । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको चीन भ्रमणको औपचारिक घोषणा गरेको छ ।

    images

    परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले मंसिर १७ गतेदेखि २० गतेसम्म चीनको भ्रमण गर्ने जानकारी गराएको हो । 

    चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा त्यहाँ जान लागेका प्रधानमन्त्री ओलीले राष्ट्रपति सी चिनफिङसँग समेत भेटवार्ता गर्ने जनाइएको छ । यस्तै चीनका प्रधानमन्त्री छ्याङसँग दुई पक्षीय वार्ता हुनुको साथै चीनको राष्ट्रिय जन काँग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि उहाँको भेटवार्ता हुने मन्त्रालयले जनाएको छ ।

    भ्रमणको क्रममा प्रधानमन्त्रीले पेकिङ विश्व विद्यालयमा मुख्य सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । त्यसैगरि प्रधानमन्त्रीले बेइजिङस्थित नेपाली दूतावास, चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआइटी) र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


    तेस्रो आँखा