• ट्रेण्डिङ्ग :
पीडितको गोपनीयताको भंग गर्नेलाई कारबाही गर्ने प्रहरीको चेतावनी 

पीडितको गोपनीयताको भंग गर्नेलाई कारबाही गर्ने प्रहरीको चेतावनी 


  • 6.9K
    SHARES
    • फाल्गुण २०, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    पीडितको गोपनीयताको भंग गर्नेलाई कारबाही गर्ने प्रहरीको चेतावनी 

    काठमाडौं, २० फागुन। एक नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक अभिनेता पक्राउ परेको विषयमा प्रविधिको दुरुपयोग गरी सार्वजनिक भइरहेका भिडियो, तस्बिर र विचारप्रति नेपाल प्रहरीले चासो व्यक्त गरेको छ। 

    images

    पीडितको गोपनीयता भंग हुने गरी भइरहेका गतिविधिप्रति चासो राख्दै प्रहरी प्रधान कार्यालयको साइबर ब्यूरोले यस्ता गतिविधि गर्नेलाई कारबाही गर्ने बताएको छ।

    पीडितको सामाजिक एवं मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउने किसिमका प्रवृत्ति देखिएको भन्दै ब्युरोले यस्ता क्रियाकलापहरू विद्युतीय कारोवार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा प्रचलित कानुन बमोजिम कारबाही हुने बताएको छ।  प्रहरीले यस्ता गतिविधिले अनुसन्धानमा समेत बाधा पुग्ने भएको पनि जनाएको छ । 

    police.png


    तेस्रो आँखा