काठमाडौं, २० फागुन। वैज्ञानीक समाजवादी कम्युनिष्ट पार्टी नेपालका संयोजक आहुतीले एमसीसी विरोधी संयुक्त विरोध सभामा आउने भनेका त्रय नेता भीमबहादुर रावल, नारायणकाजी श्रेष्ठ र झलनाथ खनालको राष्ट्रवाद तुहिएको बताएका छन्। विरोध सभालाई सम्बोधन गर्दै आहुतीले एमाले माओवादी र समाजवादीका नेता रावल, श्रेष्ठ र खनालले संसदवादी दलमा बसेर विरोध गरेजस्तो गरेको बताएका हुन्।
कार्यक्रममा उनले प्रश्न गरे, ‘दलाल पुँजीपतिहरुले पैसा दिदैनन भनेर वा संसदवादी पार्टीभित्र टिकट पाइदैन भन्ने डरले विरोधसभामा आउन नसक्नुभएको हैन ?’ कार्यक्रममा आउने भनेका तीन नेताले ढाँटेको भन्दै संसदवादी पार्टीमा बसेर देशभक्त बन्ने रहर पुरा नहुने आहुतीले बताए। संसदवादी पार्टीका ती नेताहरुले राष्ट्रघातविरुद्ध लडेको जस्तो गरेर नाटक गरेको आरोप लगाए। उनले भने, ‘देशभक्तहरुको साझा सभामा आउन तपाइहरुलाई के ले रोक्यो,?’
‘देशभक्त भन्ने अनि संसदवादी राजनीतिमा बसेर तपाइ कसरी देशभक्ता बन्नुहुन्छ ?’ यदी तपाई वास्तबमै देशभक्त हो भने आउनुस राष्ट्रियताको मुद्दामा संसदवादीदल त्यागेर सँगै अघि बढौं।’ माधव नेपाल, केपी ओली र झनाथ खनालहरुले यस्ता धेरे राष्ट्रघाती सम्झौतामा सहभागीता जनाएपनि नारायकाजी र गिरिराजमणिहरुलेसमेत राष्ट्रयता केपी ओली र नेकपामा बुझाएको बताए। उनीहरुले फलाक्तै आएको राष्ट्रवाद राष्टघाती माओवादीलाई त्याग्न नसके अर्थ नहुँने बताए। एमसीसीलाई खारेज नगरे मूलुक अमेरिकी साम्राज्यवादको कब्जामा जाने उनले जिकिर गरे।
