• ट्रेण्डिङ्ग :
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै

परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै


  • 1.8K
    SHARES
    • मंसिर १५, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 2.7K Views

    परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै

    काठमाडौँ, १५ मंसिर । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज स्वदेश फर्कदै हुनुहुन्छ । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ गएकी मन्त्री डा राणा चीनको छन्दुबाट आज बिहान स्वदेश फर्किने उहाँका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिनुभयो।

    images

    नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार चीनको सिचुआन प्रान्तस्थित छन्दु पुग्नुभएको उहाँले शुक्रबार अपराह्न चिनियाँ विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । सो भेटवार्ता छन्दुमा नै भएको थियो ।

    सो अवसरमा उहाँहरु बीचमा नेपाल चीन सम्बन्ध र द्विपक्षीय हितका विविध पक्षका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका बारेमा कुराकानी भएको थियो । प्रधानमन्त्री ओली सोमबार चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्दै हुनुहुन्छ । परराष्ट्रमन्त्री डा राणा प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पनि सहभागी हुनुहुनेछ । 


    तेस्रो आँखा