• ट्रेण्डिङ्ग :
मतदान गर्न पाउने नागरिकको अधिकार हो उक्त अधिकारको राम्रो सदुपयोग गर्नुहोस : उपप्रधानमन्त्री  सिंह

मतदान गर्न पाउने नागरिकको अधिकार हो उक्त अधिकारको राम्रो सदुपयोग गर्नुहोस : उपप्रधानमन्त्री  सिंह


  • 2.6K
    SHARES
    • मंसिर १६, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.0K Views

    मतदान गर्न पाउने नागरिकको अधिकार हो उक्त अधिकारको राम्रो सदुपयोग गर्नुहोस : उपप्रधानमन्त्री  सिंह

    काठमाडौं, १६ मंसिर । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मतदान गर्न पाउने प्रत्येक नागरिकको अधिकार हो उक्त अधिकारको नागरिकले राम्रोसंग सदुपयोग गर्नुपर्ने बताउनु भएको छ । काठमाडौं महानगरपालिका १६ को वडाध्यक्षको निर्वाचनका लागि मतदान गर्ने क्रममा सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा उहाँले यस्तो बताउनु भएको हो । 

    images

    उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं महानगरपालिका १६ को वडाध्यक्षको निर्वाचनका लागि मतदान गर्नुभएको छ । आइतबार बिहान उपप्रधानमन्त्री सिंहले पकनाजेँलस्थित मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो ।

    २०७९ को निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको निधन भएपछि अहिले उपनिर्वाचन भइरहेको हो । मत हालेपछि सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा उपप्रधानमन्त्री सिंहले निर्वाचनका लागि राम्रो व्यवस्थापन गरेको पाएको बताउनु भएको छ । उहाँले बिहानको समयमा चिसो भएकाले आम नागरिकहरू नआएपनि दिउँसो आफ्नो अधिकार प्रयोग गरेर राम्रो वडाध्यक्ष चयन गर्नका लागि मतदान गर्न आउने अपेक्षा भएको बताउनुभयो । मतदान गर्न पाउने नागरिकको अधिकार हो उक्च अधिकारको सदुपयोग गर्न उहाँले आह्वान गर्नुभएको छ ।

    उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘बिहानको समय छ । काठमाडौंको मौसम ठण्डाठण्डा भएको हुनाले अलि घाम लागेपछि यहाँ भीडभाड बढ्ला । निर्वाचनको व्यवस्थापनदेखि सबैकुरा राम्रो छ । बढी भन्दा बढी मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गरेर एउटा राम्रो वडाध्यक्ष बन्नको लागि मतदान गर्नुहोला । यो तपाईँहरूको अधिकार हो, त्यसको सदुपयोग गर्नुहोला ।’

    काठमाडौँ–१६ मा नेपाली काँग्रेसले देवेन्द्र पाठक, नेकपा एमालेबाट लक्ष्मीरत्न तुलाधर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रोजिना श्रेष्ठ र एकीकृत समाजवादीबाट (माओवादीको समर्थनमा) मीनबहादुर मानन्धर चुनावी प्रतिस्पर्धामा छन् ।


    तेस्रो आँखा