काठमाडौँ, १६ मंसिर । स्थानीय तहका ४१ पदका लागि जारी उपनिर्वाचनमा बिहान २ बजेसम्म ५० प्रतिशत भन्दा बढी मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ । स्थनीय तहका विभिन्न ४१ पदका लागि जारी मतदान शान्तिपूर्ण भईरहेको भईरहेको आयोगले जनाएको छ ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार बिहान २ बजेसम्म ५० प्रतिशत भन्दा बढी मत खसेको छ । यसपटक मेयर, उपमेयर, अध्यक्षरउपाध्यक्ष र वडाध्यक्ष पदमा मतदान भइरहेको ४१ पदका लागि मतदान जारी छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म गर्ने व्यवस्था मिलाइएको छ ।
