काठमाडौँ, १६ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले चार देशका लागि नियुक्त भएका राजदूतहरुलाई शपथग्रहण गराउनु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार देशका लागि नियुक्त नवनियुक्त राजदूतहरूले शपथ लिनुभएको छ । आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा नवनियुक्त राजदूतहरूले शपथ लिनुभएको हो ।
संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी, जर्मनीका लागि डा. शैल रुपाखेती, अरेवियाका लागि नरेशविक्रम ढकाल र अष्ट्रेलियका लागि चित्रलेखा यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
