• ट्रेण्डिङ्ग :
उपनिर्वाचन : दिउँसो ३ बजेसम्म ५८ प्रतिशत मतदान

उपनिर्वाचन : दिउँसो ३ बजेसम्म ५८ प्रतिशत मतदान


  • 1.9K
    SHARES
    • मंसिर १६, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 2.9K Views

    उपनिर्वाचन : दिउँसो ३ बजेसम्म ५८ प्रतिशत मतदान

    काठमाडौं १६ मंसिर । देशभर रिक्त स्थानीय तहका विभिन्न ४१ पदमा जारी उपनिर्वाचनमा दिउँसो ३ बजेसम्म ५८ प्रतिशत मतदान भएको छ । नगरपालिका प्रमुख एक,उपप्रमुख एक,गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको छ ।

    images

    यसैबीच विहान ७ बजेदेखी मतदान भइरहेको छ ।  दिउँसो ३ बजेसम्मको अवधिमा ५८ प्रतिशत मत खसेको निर्वाचन आयोगकी प्रवक्ता नीता पोख्रेल अर्यालले बताउनुभयो । प्रवक्ता अर्यालका अनुसार अपराह्न ५ बजेसम्म मतदानमा दुई लाख २६ हजार सात सय ९९ जनाले मताधिकार प्रयोग गर्नेछन् ।

    उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । उपनिर्वाचनका लागि १६२ मतदानस्थल र २९३ मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगले उपनिर्वाचनको मतपरिणाम दुई दिनभित्र सार्वजनिक गर्ने योजना बनाएको छ ।


    तेस्रो आँखा