• ट्रेण्डिङ्ग :
कपिलवस्तुको मतगणना आजै रातिदेखि गर्ने तयारी

कपिलवस्तुको मतगणना आजै रातिदेखि गर्ने तयारी


  • 2.7K
    SHARES
    • मंसिर १६, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.1K Views

    कपिलवस्तुको मतगणना आजै रातिदेखि गर्ने तयारी

    कपिलवस्तु १६ मंसिर । कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा अध्यक्ष पदको मतगणना आजैबाट सुरु हुने भएको छ ।  जिल्ला निर्वाचन अधिकारी अमरबहादुर वलीका अनुसार तीन वटा मतदानस्थलमा ६ वटा मतदान केन्द्रबाट मतदान जारी छ ।

    images

    उहाँले उपनिर्वाचनको मतगणनाका लागि सबै तयारी पूरा भएको जानकारी दिनुभयो । मतगणना आजै राति ८ बजेबाट सुरु हुनेछ । मुख्य निर्वाचन अधिकृत प्रकाशचन्द्र अधिकारीका अनुसार पतरिया स्वास्थ्य चौकीको माथिल्लो हलमा मतगणना स्थलको व्यवस्था मिलाइएको छ ।

    जहाँ तारजाली र ५ वटा सिसी टिभी क्यामेरा पनि राखिएको छ । मतगणना स्थलमा १४ जना कर्मचारी र उम्मेदवार वा उनका प्रतिनिधिहरूलाई मात्र प्रवेश दिने व्यवस्था गरिएको छ । अधिकारीका अनुसार मतगणनाको प्रक्रिया निरन्तर जारी रहनेछ । राति १२ देखि १ बजेसम्म नतिजा सार्वजनिक हुने अपेक्षा गरिएको छ । 


    तेस्रो आँखा