काठमाडौं १६ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको आइतबारको बयान सकिएको छ । आइतबार सरकारी वकिल कार्यालय काठमाडौंमा बिहान साढे १० बजेदेखि बयान लिइएको थियो ।
उनको बयान नसकिएकाले सोमबार पुनस् बयान हुने छ । लामिछानेसँग गत शुक्रबार पनि बयान लिइएको थियो । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपलचन प्रकरणमा लामिछानेमाथि प्रहरीले अनुसन्धान गरिरहेको हो ।
लामिछाने गत कार्तिकक २ गते पार्टी केन्द्रिय कार्यालय बनस्थलीबाट पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएपछि लामिछानेलाई कास्कीबाट काठमाडौं ल्याइएको थियो ।
काठमाडौंमा बयान सकिपछि उनलाई फेरि कास्की लगिनेछ। त्यसपछि चितवन लगिने प्रहरीले जनाएको छ । आज मात्रै चितवनको भरतपुर स्थित साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे बयानका लागि पूर्व डीआइजी छविलाल जोशीलाई चितवन ल्याइएको छ । लामिछानेमाथि सहकारी ठगी,सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा अनुसन्धान भइरहेको छ ।
