राेल्पा, १६ मंसिर । स्थानीय तह उपनिर्वाचनमा रोल्पाको रुन्टीगढी ४ को वडाध्यक्ष पदमा नेपाली काङ्ग्रेसका भुपमणी पुनले बिजयी हासिल गर्नुभएको छ ।
पुनले नेकपा एमालेका उम्मेदवारलाई पछि पार्दै जीत हात पार्नुभएकाे हाे । पुनले ६४३ मत सहित बिजयी भएका हुन उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका बेगम पुनले ५३५ मत प्राप्त गर्नुभएकाे छ । नेकपा माओवादी केन्द्रका उम्मेदवार रेशमजंग सेनले ७० मत प्राप्त गर्नुभएकाे थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट हितबहादुर पुनले ७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पहलबहादुर ओली १० मत र मंगल नेशलन अर्गनाइजेसनबाट पूर्णबहादुर बुढा ७ मत प्राप्त गरेका छन् ।
१२९७ मत खसेकोमा २१ मत बदर भएको पाईएको छ ।
