बर्दिया, १७ मंसिर । बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार अमिन थारु १ हजार ४३ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी शेरबहादुर थारुले ६७८ मत पाउनुभयो । नेकपा एमालेका विष्णुप्रसाद देवकोटा ३३७ मतसहित तेस्रो स्थानमा रहनुभयो ।
नागरिक उन्मुक्ति पार्टीका प्रितीलाल थारुले ७० मत पाउनुभयो । राप्रपाका रत्नबहादुर शाहीले ५२ र राष्ट्रिय स्वतन्त्र पार्टीका वासुदेव शर्माले १७ मत प्राप्त गर्नुभयो ।
यसअघिको निर्वार्चनमा कांग्रेसका सूर्यबहादुर बिष्ट निर्वाचित हुनु भएको थियो ।
