रौतहट, १७ मंसिर । रौतहटको गढीमाई नगरपालिका–८ मा भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादी विजयी भएको छ । समाजवादीका बजरंगी प्रसाद यादव ६५५ मत प्राप्त गर्दै विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी जीउती देवी यादवले ६३१ मत प्राप्त गर्नुभयो । कांग्रेसका सुवोद कुमार यादव ६१७ मतका साथ तेस्रो स्थानमा रहनुभयो ।
गढीमाई-८ मा यसअघिको चुनावमा जनता समाजवादीका रामराजा यादव विजयी हुनुभएको थियो ।
