• ट्रेण्डिङ्ग :
पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षको मतगणना सुरु

पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षको मतगणना सुरु


  • 2.1K
    SHARES
    • मंसिर १७, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 3.2K Views

    पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षको मतगणना सुरु

    रूकुम पूर्व १७ मंसिर । पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षका लागि भएको उपनिर्वाचनको मतगणना सुरू भएको छ । सर्वदलीय र सर्वपक्षीय बैठक पश्चात सोमबार बिहान करिब १० बजेबाट मतगणना सुरू भएको हो ।  

    images

    पालिकाका जम्मा १४ वडामा रहेका २२ मतदान केन्द्रबाट रातिसम्म सबै मतपेटिका संकलनको कार्य सकिएपछि आवश्यक प्रक्रिया पूरा गरेर मतगणना सुरू भएको सहायक निर्वाचन अधिकृत ईश्वरी सुवेदीले जानकारी दिनुभयो ।

    गत भदौ २८ गते बागलुङमा जिप दुर्घटना हुँदा पालिका उपाध्यक्ष भूपेन्द्रा बुढा र २ नं. वडा अध्यक्ष जसबहादुर सिर्पालीको मृत्यु भएपछि उक्त दुई पद रिक्त भएका थिए ।

    अहिले उपनिर्वाचनमा एमालेका तर्फबाट कांग्रेसको चुनाव चिह्न लिएर केशकुमारी तुलाचन र माओवादी केन्द्रका तर्फबाट नरपुरा बुढालाई उम्मेदवार छन् । वडाध्यक्ष पदमा भने उम्मेदवारी दिएका एमाले र १ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रका जगत घर्ती सर्वसम्मत निर्वाचित भइसकेका छन् ।


    तेस्रो आँखा