रुकुमपूर्व १७ मंसिर । मंसिर १६ गते सम्पन्न उपनिर्वाचन अन्तर्गत अहिले रुकुमपूर्व पुथाउत्तारङ्गा गाउँपालिकाको मतगणना जारी छ । गाउँपालिकाको वडा नम्बर १, २,१३ र १४ को मतगणना सकिएको छ ।
जसमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नरपुरा बुढाले अग्रता लिइरहनु भएको छ । उहाँले अहिलेसम्म १०७६ मत प्राप्त गर्नु भएको छ भने एमालेरकाँग्रेस गठबन्धनका उम्मेदवार केशकुमारी तुलाचनले ७०० मत प्राप्त गर्नु भएको छ । बुढा ३७६ मतका साथ अगाडी हुनुहुन्छ ।
