• ट्रेण्डिङ्ग :
पार्टीभित्र व्यक्तिवादी प्रवृत्ति हावी भयाे - नारायणकाजी श्रेष्ठ

पार्टीभित्र व्यक्तिवादी प्रवृत्ति हावी भयाे - नारायणकाजी श्रेष्ठ


  • 9.4K
    SHARES
    • फाल्गुण २०, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 14.5K Views

    पार्टीभित्र व्यक्तिवादी प्रवृत्ति हावी  भयाे - नारायणकाजी श्रेष्ठ

    काठमाडाैं,२० फागुन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्र व्यक्तिवादी प्रवृत्ति हावी भएको बताएका छन् । पार्टीको बैठकमा अध्यक्ष प्रचण्डको आलोचना गर्दै  नेता श्रेष्ठले पार्टीभित्रको वैचारिक संस्कृतिमा गम्भीर विचलन आएको र व्यक्तिवादी प्रवृत्ति हावी भएको बताएका हुन् ।

    images

    पार्टी इतिहासकै गम्भीर मोडमा रहेकोले गल्ती गर्ने छुट कसैलाई नभएको भन्दै उनले पार्टी नेतृत्वले नोकरशाही, पुँजीपति र दलालहरुसँग साँठगाँठ गरेको आरोप लगाए । उनले भने, ‘हाम्रो मुख्य समस्या वैचारिक संस्कृतिमा भयो, पार्टीभित्र नोकरशाही, पुँजीपति र दलालहरुसँग सँठगाँठ गर्ने प्रवृत्ति बढेको छ ।’ नेतृत्व चरम व्यक्तिवादी बनेको उनको भनाई छ ।  

    अमेरिका साम्राज्यवादी शक्ति भएकोमा माओवादीहरु भ्रमित नहुन भन्दै विकास आफै बलवुताले गर्न सक्नुपर्ने बताए । श्रेष्ठले एमसीसी अनुमोदनप्रति गम्भीर असन्तुष्टी व्यक्त गर्दै अध्यक्ष प्रचण्डसँगको ३५ वर्ष लामो सम्बन्धमा सबैभन्दा कठिन क्षण आएको बताए ।  ‘अध्यक्ष कमरेड प्रचण्डसँग मेरो २०५३ सालदेखिको सम्बन्ध हो,’ उनले भने, ‘तर उहाँले पत्रकार सम्मेलन गरेर मलाई पार्टी छोड्न भन्नुभएको छ ।’  त्यसमा दुख लागेको श्रेष्ठको भनाई छ । बैठकमा उनले लिखित मन्तव्य प्रस्तुत गरेका थिए ।  


    तेस्रो आँखा
    लेखकबाट थप