रुकुमपूर्व १७ मंसिर । मंसिर १६ गते सम्पन्न उपनिर्वाचन अन्तर्गत अहिले रुकुमपूर्व पुथाउत्तारङ्गा गाउँपालिकाको मतगणना करिब करिब अन्तिम चरणमा पुगेको छ ।
अहिलेसम्मको मत परिणाम अनुसार पालिका उपाध्यक्षमा नेकपा माओबादी केन्द्रका उम्मेदवार निर्वाचित हुने निश्चित भएको छ । नेकपा माओवादी केन्द्रका उम्मेदवार नरपुरा बुढाले ३ हजार १६१ मत प्राप्त गर्नु भएको छ । उहाँका प्रतिद्धन्द्धी एमालेरकाँग्रेस गठबन्धनका उम्मेदवार केशकुमारी तुलाचनले १ हजार ५५४ मत प्राप्त गर्नु भएको छ । बुढा १ हजार ६०७ मतले अगाडी हुनुहुन्छ ।
