रुकुमपूर्व १७ मंसिर । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नरपुरा बुढा निर्वाचित हुनु भएको छ । कांग्रेस/एमाले गठबन्धनकी उम्मेदवार एमालेकी केशकुरमारी तुलाचनलाई पराजित गर्दै बुढा निर्वाचित हुनु भएको हो । बुढा ३ हजार ३२७ मतका साथ निर्वाचित हुनु भएको हो ।
बुढाका प्रतिस्पर्धी एमाले/कांग्रेस गठबन्धनका उम्मेदवार केशकुमारी तुलाचनले २ हजार १२८ मत प्राप्त गर्नु भएको छ । एमालेकी तुलाचन कांग्रेसको चुनाव चिह्न रुख लिएर प्रतिस्पर्धामा उत्रिनु भएको थियो । उहाँहरु बीच १ हजार ४९९ को मतान्तर छ ।
यसअघि २०७९ सालको चुनापवमा माओवादीबाट निर्वाचित भूपेन्द्रा बुढाको दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो । त्यसबेला पनि कांग्रेस/एमाले गठबन्धनलाई पराजित गर्दै भूपेन्द्रा विजयी हुनु भएको थियो ।
बाग्लुङमा भएको दुर्घटनामा उपाध्यक्ष भूपेन्द्रासँगै वडानम्बर २ का वडाध्यक्ष जयबहादुर सीर्पालीको पनि निधन भएको थियो । वडाध्यक्षको उपनिर्वाचनमा भने माओवादीकै जीतबहादुर घर्ती निर्विरोध निर्वाचित भइसक्नु भएको छ ।
