• ट्रेण्डिङ्ग :
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सन्तोषजनक छ : मन्त्री पाण्डे

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सन्तोषजनक छ : मन्त्री पाण्डे


  • 2.4K
    SHARES
    • मंसिर १८, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 3.8K Views

    त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सन्तोषजनक छ : मन्त्री पाण्डे

    काठमाडौं, १८ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सन्तोषजनक रहेको बताउनु भएको छ ।

    images

    सोमवार राति निर्माण भइरहेको विमानस्थलको रनवे र ट्याक्सी वेको स्थलगत अनुगमनपछि उहाँले विमानस्थल निर्माणको काम सन्तोषजनक  भएको प्रतिक्रिया दिनुभएको हो । उहाँले विमानस्थल निर्माण कार्य तिब्र गतिमा भइरहेकाले समय भन्दा अगावै सम्पन्न हुने बताउनु भएको छ ।


    उहाँले यही गतिमा काम हुने हो भने दिनको १० घण्टा बन्द गर्नु नपर्ने पनि बताउनुभयो । चैत्र १८ गतेसम्म तोकेको समय भन्दा अगावै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्दै १० घण्टा बन्द गरेर काम गर्नुपर्ने अवस्थालाई ८ घण्टामा झार्न सकिने उहाँले उल्लेख गर्नुभयो ।

    उहाँले कामलाई निर्धारित गुणस्तरीय र निर्धारित समयमै सम्पन्न गर्न सकिन्छ भन्ने सन्देश दिने उल्लेख गर्नुभयो ।

    उहाँले हरेक परियोजनामा समयमै काम नहुने, ठेक्का तोडिने र सडक भवन अलपत्र हुने अवस्था रहेको भन्दै कम्तिमा विमानस्थलमा भइरहेको निर्माणको कामले तोकिएकै समयमा काम गर्न सकिन्छ भन्ने सन्देश दिने बताउनु भएको हो।

    सोमवार राति मन्त्री पाण्डेले समानान्तर ‘ट्याक्सी वे’, इन्टरनेशनल एप्रोन’ ‘ह्याङ्गर एप्रोन’ लगायत कामको स्थलगत अवलोकन गर्नुभएको हो ।

    पर्यटनमन्त्रीसहितको टोलीले विमानस्थलको क्षमता अभिवृद्धि अन्तर्गत भइरहेका कामको अवलोकन गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर अन्तर्राष्ट्रिय विमानस्थल बिस्तारको काम गरिरहेको छ ।


    तेस्रो आँखा