• ट्रेण्डिङ्ग :
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउँदै

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउँदै


  • 3.0K
    SHARES
    • मंसिर १८, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 4.6K Views

    अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउँदै

    अमेरिका १८ मंसिर । अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लुले यसै साता नेपालको औपचारिक भ्रमण गर्नुहुने भएको छ । 

    images

    अमेरिकी विदेश मन्त्रालयका अनुसार आजदेखि उहाँ दक्षिण एसियाली मुलुकहरूको भ्रमणमा जानुहुने छ । सहायक विदेशमन्त्री डोनाल्ड पहिले श्रीलङ्का, त्यहाँबाट भारत र त्यसपछि नेपालको भ्रमणमा आउनुहुनेछ । उहाँको दक्षिण एसिया भ्रमण नेपालबाट समापन हुनेछ । 

    नेपाल भ्रमणका क्रममा उहाँले शीर्ष नेतृत्वसँग पर्यावरण संरक्षण, महिला सशक्तीकरण र दिगो विकासका साथै नेपाल–अमेरिका सम्बन्धका विविध पक्षबारे युवा नेतासँग छलफल गर्नुहुनेछ । पर्यटन तथा अर्थतन्त्रका मेरुदण्ड मानिएका नेपालका सांस्कृतिक सम्पदाको संरक्षणलगायत विषयमा पनि सहायक विदेशमन्त्रीले छलफल गर्ने विदेश मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । रासस


    तेस्रो आँखा