• ट्रेण्डिङ्ग :
बिबाङ दहमा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरुको संयुक्त बैठक

बिबाङ दहमा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरुको संयुक्त बैठक


  • 8.0K
    SHARES
    • मंसिर १९, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 12.4K Views

    बिबाङ दहमा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरुको संयुक्त बैठक

    रोल्पा १९ मंसिर । रोल्पाको पर्यटकीय एवं धार्मिक स्थल बिबाङ दहमा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरुको संयुक्त बैठक सम्पन्न भएको छ ।

    images

    सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुनमगर, सुनिल स्मृति अध्यक्ष मनिराम बुढाथोकी र लुङग्री गाउँपालिकाका अध्यक्ष भरत कुमार थापा, सुनिल स्मृति गाउँपालिका उपाध्यक्ष मिना थापा र सुनछहरी गाउँपालिका उपाध्यक्ष ननकला घर्ती, सुनछहरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीलगायतको उपस्थितिमा बैठक सम्पन्न भएको सुनछहरी गाउँपालिका अध्यक्ष पुनले बताउनुभयो ।

    बैठकले बडाचौर एयरपोर्टको पुनः निर्माण र यथाशीघ्र संचालन, लुङग्री हाइड्रोपावर निर्माणको लागि बिबाङ दहको संरक्षण क्षमता वृद्धि र दहबाट माइक्रो हाइड्रोपावर उत्पादन गरि पूर्वी रोल्पाको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा लिदै बिबाङ क्षेत्रमा  पर्यटन पुर्वाधार निर्माण गर्ने निर्णय गरेको छ । त्यसैगरी पाङ, सिउरी, गाम, सेरम र जेल्बाङ लगायत जलजलादेखि कोठीभिरसम्मको उच्च पहाडी भुभाग र राप्ती नदिको मुख्य उदगम स्थल तथा सिमसारक्षेत्रको पर्यावरण र जलवायु अनुकुलन कार्यमा सामुहिक पहल गर्ने निर्णय पनि गरिएको छ ।

    467475791_579965264616242_474072535001701505_n.jpg

    त्यसका साथै पूर्वी रोल्पाको केन्द्र बिन्दु पर्नेगरी यथाशीघ्र क्याम्पस संचालनको लागि पहल गर्ने निर्णय भएको छ । साथै आर्गानिक कृषि हव र व्यवसायिक पशुपालन मार्फत कृषिमा आत्मनिर्भर बनाउने र उत्पादित बस्तुको बजारीकरण गर्ने निर्णय भएको छ । यस्तै पर्यटन र कृषि क्षेत्रको सहज प्रवर्द्धनकालागि सुलिचौरदेखि बिबाङ र सुलिचौरदेखि जलजला मोटरबाटो निर्माण गरिने भएको छ । साथै बडाचौर सुनछहरी झरना कोठीभिर बिबाङ दह, गर्जबाङ तिलाचन, दाङबाङ, बजुधुरी तिनकिल्ला जलजला, धर्मपानी ओख्रेनी हुँदै गजुलकोटसम्म गुरिल्ला पदमार्ग निर्माण गर्न सामुहिक पहल गर्ने निर्णय भएको सुनछहरी गाउँपालिका अध्यक्ष पुनले बताउनुभयो ।


    जुनिसकुमार बिष्ट ।
    लेखकबाट थप