• ट्रेण्डिङ्ग :
नवनिर्वाचित राष्ट्रियसभाका १९ जना सदस्यहरुको आज शपथ ग्रहण  हुँदै

नवनिर्वाचित राष्ट्रियसभाका १९ जना सदस्यहरुको आज शपथ ग्रहण  हुँदै


  • 9.2K
    SHARES
    • फाल्गुण २१, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 14.1K Views

    नवनिर्वाचित राष्ट्रियसभाका १९ जना सदस्यहरुको आज शपथ ग्रहण  हुँदै

    काठमाडौं, २१ फागुन। नवनिर्वाचित राष्ट्रियसभाका १९ जना सदस्यहरुको आज शपथ ग्रहण  हुँदैछ। बिहान ११ बजे सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको कक्षमा राष्ट्रिय सभा सदस्यहरुको शपथ ग्रहण कार्यक्रम राखिएको छ ।

    images

    सो अवसरमा शपथग्रहणसँगै नयाँ निर्वाचित भएर आएका सांसदहरूका लागि संसदीय प्रक्रिया र पद्धतिबारे जानकारी दिने संघीय संसद् सचिवालयले जनाएको छ ।  

    चार वर्षे कार्यकाल पूरा गरेर राष्ट्रिय सभाका २० सांसद शुक्रबार बिदा भएका छन्। एमालेका ८, एकीकृत समाजवादी र माओवादी केन्द्रका ४,४ र कांग्रेसका ३ सदस्यको पदावधि शुक्रबारबाट सकिएको छ ।

    पदावधि सकिन लागेका १९ राष्ट्रियसभा सदस्यका लागि माघ १२ गते भएको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले गठबन्धन गरेर साझा उम्मेदवारी दिएका थिए भने एमाले र राप्रपाले छुट्टै उम्मेदवार दिएका थिए ।

    सातै प्रदेशमा भएको मतदानबाट १९ जना राष्ट्रिय सभा सदस्य थपिएका हुन् । महिलाबाट ७, दलितबाट ३, अपांगता भएका व्यक्ति वा अल्पसंख्यकबाट २ र अन्य समूहबाट ७ जना सदस्य निर्वाचित भएका हुन् ।

    निर्वाचित नयाँ सदस्यहरूको कार्यकाल ६ वर्षको हुनेछ ।


    तेस्रो आँखा