• ट्रेण्डिङ्ग :
रवि लामिछानेलाई पोखरा पुर्‍याइयो

रवि लामिछानेलाई पोखरा पुर्‍याइयो


  • 1.9K
    SHARES
    • मंसिर २०, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 2.9K Views

    रवि लामिछानेलाई पोखरा पुर्‍याइयो

    चितवन २० मंसिर । सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई एकाबिहानै पोखरा पुर्‍याएको छ । 

    images

    चितवनमा बयान लिने काम सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गाडीमा राखेर राति नै पोखरा लगिएको हो  । चितवनका प्रहरी प्रमुख चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले आज ३ बजे स्थलमार्गमार्फत लगिएको र  बिहान ६ बजे लामिछानेलाई पोखरा पु¥याइएको जानकारी दिनुभयो ।  

    साहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम हिनामिना अभियोगमा चितवनमा हिजो (बुधवार) राति ८ बजेसम्म बयान लिएर सकिएपछि उनलाई  पोखरा लगिएको प्रहरीले जनाएको छ । आज लामिछानेलाई उडानमार्फत पोखरा लगिने तयारी गरिएपनि सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै स्थलमार्ग हुँदै पोखरा पुर्‍याएको प्रहरीले जनाएको छ । बुधबार बयानकै क्रममा प्रहरी र प्रर्दशनकारीबीच झडप हुँदा प्रहरी र प्रदर्शनकारी घाइते भएका थिए । भीड अनियन्त्रित भएपछि प्रहरीले पानीको फोहोरा , अश्रुग्याँस, लाठी चार्ज समेत गर्नुपरेको थियो । 


    तेस्रो आँखा