• ट्रेण्डिङ्ग :
तुलसीपुरका १९ वटै वडाको आफ्नै भवन

तुलसीपुरका १९ वटै वडाको आफ्नै भवन


  • 2.9K
    SHARES
    • मंसिर २०, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 4.4K Views

    तुलसीपुरका १९ वटै वडाको आफ्नै भवन

    दाङ २० मंसिर । दाङको तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडा कार्यालयको आफ्नै भवन बनेको छ । वडा नं. १९ को कार्यालय केही दिनमा आफ्नै भवनबाट सेवा दिने तयारी गरेपछि सबै वडाको आफ्नै भवन बनेका हुन् ।

    images

    तुलसीपुरका १९ मध्ये १८ वटा वडाको आफ्नै भवन भएपनि १९ नम्बर वडा कार्यालय भाडाको भवनबाट सञ्चालन हुँदै आएको थियो । तोप्पापानीमा निर्माण भइरहेको  वडा कार्यालय मंसिर २२ गतेदेखि सञ्चालनमा ल्याउने तयारी रहेको वडाध्यक्ष प्रेमनाथ योगीले जानकारी दिनुभयो । अहिले प्राङ्गण सम्याउने र पर्खाल निर्माणको काम भइ रहेको छ ।

    वडा कार्यालयहरु, स्वास्थ्य चौकी, कृषी ,पशु शाखालगायत पालिका अन्तर्गतका सबै संघ संस्था आफ्नै भवनबाट सेवा दिने गरी काम भइ रहेको र त्यो करिब अन्तिम चरणमा पुगेको मेयर टिकाराम खड्काले जानकारी दिनुभयो ।


    तेस्रो आँखा