• ट्रेण्डिङ्ग :
भैरहवाबाट एक महिनामा करिब ५ हजार यात्रुको आवतजावत

भैरहवाबाट एक महिनामा करिब ५ हजार यात्रुको आवतजावत


  • 4.4K
    SHARES
    • मंसिर २०, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 6.7K Views

    भैरहवाबाट एक महिनामा करिब ५ हजार यात्रुको आवतजावत

    भैरहवा, २० मंसिर । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा करिब ५ हजार यात्रुले आवतजावत गरेका छन् । 

    images

    विमानस्थलले सार्वजनिक गरेको विवरणअनुसार नोभेम्बर ३ (कार्तिक १८) देखि डिसेम्बर ३ ९मङ्सिर १८० सम्म ४ हजार ७७१ यात्रुले अन्तर्राष्ट्रिय गन्तव्यको सेवा लिएका छन् । 

    एक महिनामा भैरहवाबाट २ हजार २३८ यात्रु उडेका छन् भने २ हजार ५३३ यात्रु अवतरण गरेका छन् । भैरहवामा एक महिनाको अवधिमा ७८ उडान र ७८ अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ । 

    एक महिनाको अवधिमा धेरै यात्रु बोक्ने जजिरा एयरवेज बनेको छ । जजिराले ३ हजार ३४ यात्रुलाई भैरहवाबाट सेवा दिएको छ । दोस्रो नम्बरमा रहेको फ्लाई दुबईले १ हजार १ सय ३२ यात्रुलाई सेवा दिएको छ । थाई एयर एसियाले ४४७ यात्रुलाई सेवा दिएको तथ्याङ्क छ । 


    तेस्रो आँखा